२०८१ मंसिर ८ , शनिवार

१३७ जनाको नाक, कान, घाँटी तथा थाइराइड निशुल्क परिक्षण

सुनाखरी न्युज/ पोखरा । पोखरा ९ वसपार्कमा रहेको साहारा वाल आधारभुत विद्यालयका विद्यार्थीहरु तथा सर्वसाधारण १३७ जनाको नाक, कान, घाँटी र थाइराइडका विरामीहरुको आइतबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

 

उनिहरुलाई स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि वितरण गरिएको थियो । पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा शहरी स्वास्थ्य केन्द्र पोखरा–९, नयाँबजारमा अयोजित निःशुल्क स्वास्थ्य शिविर श्रीकृष्ण इएनटी केयर सेन्टर नयाँवजारका प्रा.डा. श्रीकृष्ण कोईराला सहित डा. मनिता महर्जन र डा. मनोज भट्टले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

 

पोखरा ९ की कार्यबहाक वडाध्यक्ष राममाया मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वडा सदस्य गीता चर्माकार, वडा सदस्य नन्दराम गिरी, वडा सचिव झन्कनाथ पौडेल, शान्ति दर्शन टोलविकास संस्थाका अध्यक्ष उत्तम जोशी, साहारा वाल आविका सहायक प्राचार्य राम प्रसाद पौडेल लगाएतले वोल्नुभएको थियो ।

 

नयाँवजार निवासी समाजसेवी हिरा घलेको आर्थिक तथा युवा बौद्ध संघ नदिपुरकी सचिव कमला थापाको विषेश सहयोगमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक गीता चर्माकारले वताउनु भयो ।