२०८१ आश्विन १४ , सोमवार

राष्ट्रिय नागरिक पार्टी पोखरा ३१ को संयोजकमा विक

सुनाखरी न्युज/ पोखरा । राष्ट्रिय नागरिक पार्टी पोखरा महानगरपालिका वडा नं. ३१ को मंगलबार आयोजित भेलाले सनमराज विकको संयोजकत्वमा ९ सदस्यीय राष्ट्रिय नागरिक पार्टी पोखरा ३१ कमिटि गठन गरेको छ ।

 

कमिटिको सदस्यहरुमा कमल गहतराज, निर्मल विक, सुनिलराज विक, विक्रम विक, खेम विक, अर्जुन विक, सोम विक र सुवासराज विक सर्वसम्मत चयन भएका छन् भने सल्लाहकार संयोजकमा रामचन्द्र विश्वकर्मा चयन भएका छन् । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले पुराना राजनितिक दलले जन अपेक्षा अनुरुप काम गर्न नसकेको कारण राष्ट्रिय नागरिक पार्टीको स्थापना भएको वताउँदै नेताको चित्र र चरित्र एउटै हुनु पर्ने जोड दिनु भएको थियो ।

 

त्यसै गरी पार्टीका केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार कृष्ण रानाभाटले अबको वैकल्पिक राजनैतिक शक्ति नै राष्ट्रिय नागरिक पार्टी भएकोले युवाहरुको पहिलो रोजाई वन्दै गएको वताए । सो अवसरमा केन्द्रिय सदस्यहरु लक्ष्मण सुनार, सक्रिय सदस्यहरु महेन्द्र सुनार र छविलाल सुनार, सुनिल विक, सनमराज विक लगाएतले वोलेका थिए ।