२०८१ मंसिर ११ , मंगलबार

सर्वसम्मत टुङ्गयाएपछि घरदैलोमा एमालेका उमेदवारहरु

सुनाखरी न्युज/ लेखनाथ । सर्वसम्मत उम्मेदवार सिफारिस भएपछि पोखरा महानगरपालिका वडा नं २७ मा नेकपा एमालेले घरदैलो अभियानलाई तिव्रता दिएको छ ।

 

नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवारमा सुर्यमणि लामिछानेको नेतृत्वमा सर्वसम्मत जुटेको हो । खुल्ला वडा सदस्यमा तारानाथ दवाडी, प्रकाश देवकोटा, महिला खुल्ला सदस्यमा बुद्धिमाया थापा मगर र दलित सदस्यमा उमा परियारको नाउँमा सहमति जुटेर वडाले महानगरलाई उमेदवार सिफारिस गरेपछि एमाले पोखरा २७ ले चुनावी घरदैलो अभियानलाई तिव्रता दिएको हो । प्रत्यासी उम्मेदवार सहित एमालेका कार्यकर्ताहरुले वडा नं. २७ का विभिन्न स्थानको घरदैलोमा मत माग्न व्यस्त देखिएका छन् ।

 

अहिलेसम्म उनिहरुले चुनावी अभियानका रुपमा छत्रेढुंगा मरेखरे, पण्डित थर, कुमालगाउँ एकता टोलमा घरदैलो सम्पन्न गरिसकेको अध्यक्षका प्रत्यासी सुर्यमणि लामिछानेले जानकारी दिए । अघिल्लो स्थानीय तहको निर्वाचमा विजय हासिल गरेर पनि काग्रेसले गर्न नसकेका कामहरुलाई एमालेको टोलीले चुनावी एजेण्डा बनाएको छ । नेपाली काग्रेसले पनि घरदैलो अभियानलाई तिव्रता दिएको छ । काग्रेसले वडामा अध्यक्षका रुपमा पुरानै अनुहारलाई दोहोर्एको छ ।