२०८१ आश्विन ५ , शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्युज/ सुर्खेत –

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।