२०८१ मंसिर ११ , मंगलबार

सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत पदमाश्री मनोज न्यौपाने नियुक्त हुनु भएको छ ।

 

मिति २०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उहाँलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमाआगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यस अघि सेञ्चुरी बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

काठमाण्डौं विश्वविद्यालय बाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उहाँले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभवहासिल गर्नु भएको छ । उहाँबैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिनु हुन्छ ।