२०८१ मंसिर १० , सोमवार

नेप्सेमा दोहोरो अंकको वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३०.२४ अंकले घटेर दुई हजार४ सय १५ दशमलब २४ विन्दुमा पुगेको हो ।

 

मंगलबार नेप्से नेप्से ३४.७८ अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ०२ विन्दुमा पुगेको थियो । यो वषको अन्तिम कारोबार आज बुधबार दोहोरो अंकको वृद्धिसँगै शेयरबजार बन्द भएको छ । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २२६२.७० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार युनाइटेड इदि मर्दी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त वित्तीय संस्थ, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट्स कम्पनीको भएको छ । यस कम्पनीको आज ८ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।