सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने उक्त अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको हो ।
३ हजार ३ सय ४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जना र १ हजार ३ सय ३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४९ जना निको भएका छन् भने हाल देशभर ५ सय २० जना सक्रिय संक्रमित रहेका छन् ।