२०८१ असार १३ , बुधवार

इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा, ५,००० एमएएचको पावरफुल ब्याट्री प्याक

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेकोछ ।

 

चर्चित अन्तराष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ । कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो । यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ । जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा ५,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ।

 

कम्पनीले स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुबिधा दिएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइट समेत रहेको छ । एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७.६मा संचालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६गीगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ ।

 

यस बाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ २जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२,४९० तोकिएको छ ।