२०८१ पुष १२ , शुक्रवार

नबिल बैंकद्वारा नयाँवर्ष २०७९ को अवसरमा क्यूआर मार्फत हुने कारोबारमा आधारित क्यास ब्याक योजना सुरु

सुनाखरी न्युज/ काठमाडौं । नबिल बैंकद्वारा नयाँवर्ष २०७९ को अवसरमाक्यूआर (QR)मार्फत हुने कारोबारमा आधारित क्यास ब्याक योजना सुरु नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्ट लाई लक्षितगर्दै नयाँवर्ष २०७९ को अवसरमा क्यूआर(QR) कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

 

नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजीविकास कोष (UNCDF) को सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवाउद्यमीहरूको प्रवर्द्धनगर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ । यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको युवा उद्यमीजसको स्वामित्वमा व्यवसाय भएको वाजसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नु पर्दछ ।

 

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्नेक्यूआर (QR) एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर(QR) कारोबारमा ५% वा अधिकतम प्रति कारोबार रु.२०० र प्रतिदिनप्रति मर्चेन्ट अधिकतमरु.५०० सम्म क्यासब्याक (cashback)प्रदान गरिनेछ। यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुनेछ । यस योजना मार्फत नबिल बैंकले ठूलो मात्रा मा नयाँ महिला र युवा क्यू आर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनिहरु लाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरीदिगो वित्तीय रूपान्तरण लाई बढावा दिने लक्ष्य लिएको छ ।

 

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६शाखा, १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमाकाम गर्दै आएको छ । यस बैंक ग्राहक वर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।