२०८१ आश्विन ११ , शुक्रवार

मौसम : पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

शुक्रबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

शुक्रबार राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ। प्रदेश- १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना महाशाखाले जनाएकाे छ ।