२०८१ असार १३ , बुधवार

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

सिरहा – लहान नगरपालिका-१३ स्थित सडकमा बिआर ०७ पिसि २७८३ नम्बरको टेम्पो अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार भारत घर भएका २९ वर्षीय शम्भु पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ धमनी अस्पताल हुँदै थप उपचारका लागि बिराटनर्सिङ अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा – गणेशमान चारनाथ नगरपालिका-४ वीरेन्द्र बजारस्थित सडकमा ज.२ प ५८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने १७ वर्षीय खेसु ठाकुर भन्ने अर्जुन ठाकुरको मृत्यु भएको छ । आफैले चलाएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा – बटेश्वर गाउँपालिका-२ कार्ती ककुमर बजारस्थित सडकमा को.१ घ ५३ नम्बरको गाडीले ज.५ प १३८२ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ चित्रपुर बस्ने १८ वर्षीय विवेक कुमार महतोको घटनास्थलमै मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ – रतुवामाई नगरपालिका-४ झुर्कियास्थित सडकमा प्र.१-०४-००१ प ७६३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ झुर्किया बस्ने २२ वर्षीय पंकज यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट – चन्द्रपुर नगरपालिका-८ गौरचपुर सडकमा प्रदेश २-०३-००१ ज १९७ नम्बरको म्याजिकले बा.४५ प २२४३ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक बृन्दावन नगरपालिका-९ भुसाह बस्ने ६१ वर्षीय जनहिर पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चन्द्रपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।