२०८१ असार १३ , बुधवार

डुबेर दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला बस्ने सुरेश बादीको छोरी ६ वर्षीया खुस्बु बादीको सोही ठाउँस्थित खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

ओखलढुंगा – चम्पादेवी गाउँपालिका-२ भोगटेनीस्थित लिखु खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने भोज बहादुर मगरकी छोरी ९ वर्षीया अन्जुली मगरको बिहीबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।