२०८१ कार्तिक ३० , शुक्रवार

एलन मस्कले भने, ‘ट्विटरलाई किन्न सक्छु कि सक्दिनँ, थाहा छैन’

सुनाखरी न्युज/ काठमाडौं –

टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले ट्विटरलाई किन्ने उनको कोसिस सफल हुन्छ वा हुँदैन भन्नेमा आफू निश्चित नभएको बताएका छन् ।

 

उनले क्यानडाको भेन्कुवरमा आयोजित टेड २०२२ सम्मेलनमा यो कुरा गरेका हुन् । मस्कले ट्वीटरले उनको यो प्रस्ताव खारेज गरेको खण्डमा आफूसँग प्लान बी पनि भएको बताएका छन् । यद्यपि, उनले यो योजनाबारे केही पनि भनेनन् । उनले उक्त कार्यक्रममा ट्वीटलाई थप खुल्ला र पारदर्शी बनाउन आवश्यक भएको बताए । उनले वाक् स्वतन्त्रताको हिसाबले ट्वीटर समावेशी हुनुपर्ने बताए ।

के हो एलन मस्कको प्रस्ताव ?

उनको यो बयान त्यो खबर पनि सार्वजनिक भएको छ जसमा एलन मस्कले ट्वीटर खरिद गर्नका लागि करिब ४० अर्ब डलरको प्रस्ताव राखेको बताइएको छ । एलन मस्कले ट्वीटरको एउटा सेयरको साटो ५४.२० डलरको प्रस्ताव गरेका छन् ।

 

त्यसपछि ट्विटरका सिइओ पराग अग्रवालले बिहिबार आफ्नो कर्मचारीसँग उनको कम्पनीले यो प्रस्तावको मूल्याङ्कन गरिरहेको बताएका छन् । रिपोर्टका अनुसार अग्रवालले कर्मचारीहरुसँगको बैठकमा ट्विटरलाई यस प्रस्तावको बन्धकमा नराखिएको बताए । एजेन्सी