२०८१ कार्तिक १७ , शनिवार

मेगा बैंकको कामु सिइओको जिम्मेवारी रवीना देशराज श्रेष्ठले पाइन

सुनाखरी न्युज/ काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको पदावधि सकिएर खालि रहेको प्रमुखमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार रवीना देशराज श्रेष्ठ दिएको छ ।

 

बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । उनले बैशाख २ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छिन ।