२०८१ आश्विन ५ , शनिवार

नयां वर्ष २०७९ को अवशरमा थोर्गा-काठमाडौं सम्पर्क मञ्चद्वारा शुभकामना आदान प्रदान

सुनाखरी न्युज/ काठमाडौं ।
नयां वर्ष २०७९ को अवशरमा थोर्गा कामाणंडौ सम्पर्क तथा विकास मन्चको आयोजनामा शुभकामना आदान प्रदान, थोर्गेली भित्ते पात्रो २०७९ को सार्बजनिकीकरण तथा वितरण कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा थोर्गाका साहित्यकार ज्ञाननीष्ठ ज्ञवाली द्वारा रचित मिलिजुली झिललिमिलि बाल कविताको लोकार्पण साहित्यकार एवं मन्चका पूर्व अध्यक्ष पूर्व विशेष सचिव युवराज शर्मा गौतम र थोर्गाकै साहित्यकार डा. राम प्रसाद ज्ञवालीबाट सम्पन्न भएको थियो ।
कार्यक्रममा मन्चले समाजमा आवद्ध सदस्य र परिववारहरूका बीचमा एक आपसमा भेटघाट, सामिप्यता बढाउनुका साथै एक अर्कोलाई सहयोग गर्ने माध्यमको रूपमा काम गरेको र वनभोज कार्यक्रम, तीज कार्यक्रम, नयां वर्ष र विजया दशमीको अवशरमाशुभकामना आदान प्रदान गर्ने, क्यालेण्डरमा गाउंका विभिन्न ठाउंमा भएको धार्मिक सांस्कृतिक शैक्षिक औद्योगिक, ब्यापारिक, पर्यटकीय चिनारीका झलकहरू प्रकाशित गरी प्रचार प्रशार गरी आर्थिक विकासमा सघाएको विषयमा चर्चा भएको थियो । कार्यक्रममा गुल्मेली समाजका महांसचिव, भटकुवा समाजका अध्यक्ष, लामाखर्क समाजका अध्यक्ष, वम्घा समाजका अध्यक्ष ग्रमीण विद्युतीय सामुदायिक महांसंघका केन्द्रीय अध्यक्ष समेतले निमन्त्रणा स्वीकार गरि शुभरामना मन्तव्य दिन उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा निरन्तर लागि परेर थोरेगेली भित्तेपात्रो तयार गर्नमा योगदान गर्नु हुने मन्चका उपाध्यक्ष कृष्ण प्रसाद गौतम र सचिव सुनिल गौतमलाई विशेष धन्यवाद प्रकट गिरएको र क्यालेण्डर प्रकाशन गर्न आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेल्ने मन्चा सल्लाहकार द्वय महान्यायाधिवक्ताको कायार्यालयका उपन्यायाधिवक्ता हरिशंकर ज्ञवाली र मलेप विभागका निर्देशक कृष्ण प्रसाद ज्ञवालीलाई हार्दिक धन्यवाद दिदै प्रशंसा गरिएको थियो ।
मन्च आर्थिक संकटमा गुज्रेकोले निसुल्क हल उपसव्घ गराई सहयोग गर्नु भएकोमा काठमाडौं उपत्यका विकास प्राधिकरणका न्यव विकास आयुक्त नारायण प्रसाद भणडारीप्रति हार्दिक आभार प्रकट गिरएको थियो ।