२०८१ आश्विन ७ , सोमवार

विवेकशील साझा पार्टीको चुनावी प्रतिज्ञा पत्र सार्वजकि (पूर्णपाठसहित)

सुनाखरी न्युज/ काठमाडौं ।
विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार समीक्षा बाँस्कोटा र उपप्रमुखकी उम्मेदवार कीर्ति तुलाधरको चुनावी प्रतिज्ञा पत्र आज सार्वजनिक गरिएको छ।

ललितपुरको बखुण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा मेयर र उपमेयरका उम्मेदवार, पार्टी अध्यक्ष रवीन्द्र मिश्र, पछिल्लो निर्वाचनमा तत्कालीन साझा पार्टीको समर्थनमा काठमाडौंमा मेयर र उपमेयरका उम्मेदवार रहेका किशोर थापा र निरूपमा यादवका साथै पार्टीका अन्य नेताहरूको उपस्थिति थियो।