२०८१ आश्विन १४ , सोमवार

पाठक दम्पतिले गरे किरियापुत्री भवन निर्माणका लागि जग्गा दान

सुनाखरी न्युज/ नुवाकोट। लिखु गाउँपालिका ६ थानसिंङमा किरियापुत्री भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरिएको छ ।

 

किरियापुत्री भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौंथो दिन शुक्रबार महायज्ञ स्थलमा पुगेर स्थानीय समाजसेवी शम्भु प्रसाद पाठक तथा इन्दीरा पाठकले निःशुल्क जग्गा दान गर्ने घोषणा गरेका छन् ।

 

महायज्ञ आयोजकले पाठक दम्पतिलाई फूल माला तथा अविर दलेर सम्मान गरेका थिए। आफूहरुले स्वर्गिय पिता ज्योतिष पन्डित हेमराज पाठक तथा माता प्रेमकुमारी पाठकको सम्झनामा भवन निर्माणका लागि आवश्यक जग्गा दान गरेको पाठक दम्पति वताउँछन्।