२०८१ आश्विन १४ , सोमवार

बोक्सी कुप्रथा बिरुद्वको अभियान्तालाई मानपदवी प्रदान

गोबिन्द तिमिल्सिना/ हेमजा । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित भएका बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्तालाई प्रदान गरेकी छन् ।

 

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोबिदशरण उपाध्यायलाई जनसेवा श्री मानपदवी प्रदान गरिएको हो । २०७० सालमा एक संस्था स्थापना गरि अभियान सुरु गरेका अभियान्ता उपाध्यायले पहिला “मान्छे बोक्सी हुन्न कहिल्यै “कविता सग्रह प्रकाशन गरेका थिए । कविता मार्फत मात्र नभई अझ प्रभावकारी बनाउन मान्छे बोक्सी हुन्न कहिल्यै डि.भि.डि संग्रह सार्वजनिक गरेका थिए । अभियानकै क्रममा उनले बोक्सी कुप्रथा अन्त्यको लागि अग्निदहन नामक चलचित्र निर्माण गरेका छन् । उक्त चलचित्रले २०७५ असार १६ गते नेपाल सरकारको तर्फबाट बिशेष चलचित्र अवार्ड प्राप्त गरेको थियो ।

 

अभियान्ता स्थापना कालदेखि आजसम्म बोक्सी कुप्रथा बिरुद्वमा लागि रहेका छन् । नेपालबाट पुर्ण रुपमा बोक्सी कुप्रथा नहटेसम्म अभियान नरोकिने अभियान्ता उपाध्यायले जानकारी दिए । उनि रेडियो नेपालको क श्रेणीको गतिकार हुन । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्री, र उच्चपदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।