२०८१ असार १३ , बुधवार

नुवाकोटका थपलिया सार्क क्षेत्रीय बिर्लियन्स अवार्डद्वारा सम्मानित

प्रवीण थपलिया/ नुवाकोट । सालको पातवाट बनेको विश्वकै ठुलो टपरीमा चौरासी व्यञ्जन खानेकुरा पस्कने नुवाकोट लिखु -६ भट्टथोकका मास्टर सेफ नारायण बहादुर थपलिया सार्क राष्ट्रवाट प्रदान गरिने प्रतिष्ठित सार्क क्षेत्रीय बिर्लियन्स पुरस्कार २०२२ द्वारा सम्मानित भएका छन्।

 

शनिवार नेपाल पर्यटन बोर्डमा आयोजित सार्क क्षेत्रीय बिर्लियन्स अवार्ड तथा सांस्कृतिक शिखर सम्मेलनमा थपलियालाई यो महत्वपूर्ण अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो।

 

गत कात्तिक 17 गते थपलियाले अथर्व बिजनेस कलेज बाँसबारीमा आयोजीत एक कार्यक्रममा ठुलो सालको पातको टपरीमा 84 व्यञ्जन नेपाली खाना पस्किएर ख्याति कमाएका थिए। सार्क क्षेत्रीय बिर्लियन्स अवार्ड सार्कका आठवटा देशका विशेष प्रतिभा भएका बिभिन्न बिधामा सहयोग पुर्याएका ब्यक्तिहरुलाई प्रदान गरिदै आएको छ।