सुनाखरी न्युज/ काठमाडौं। नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमालामो समयदेखि अनवरत सेवागदै आउनु भएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा सुप्रबल जनसेवाश्री तृतिय श्रेणिपदक बाट विभुषित गर्नुभएको छ ।
नेपाल सरकारको निर्णय अनुसारसंविधानदिवसको अवसरमा नेपाली उधोग तथा व्यवशायिक क्षेत्रबाट आमजनताको सेवा र देशको आर्थिक समृद्धिमाअनवरत रुपमा सेवा र योगदान पुर्याए बापत कदर र सम्मान स्वरुप श्रेष्ठ लाई सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदक बाट विभुषित गरिएको हो । राष्ट्रपति कार्यालयले बैशाख १ गतेका दिन संविधान दिवसमा वितरण गर्ने निर्णय भएको पदकवितरण गर्ने गर्दछ ।
देश र जनताको सेवामा समर्पित विभिन्न व्यक्तित्व तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई विभिन्नपदकबाट सम्मानित गर्ने गर्दछ । सुप्रबलजन सेवाश्री राज्यले दिने उत्कृष्ट पदक मध्येको एक हो । ५० वर्ष पुरानो नेपालको प्रतिष्ठित व्यशायिक घराना पञ्चकन्या ग्रुपले डण्डी पाइप ट्याङकी लगायत निर्माण साम्रागीको उत्पादन तथा इन्सुरेन्स, हाइडोपावर , बैकिङ क्षेत्रमा समेत लगानिगदै आएको छ ।