२०८१ आश्विन १४ , सोमवार

स्याङ्जामा जीप दुर्घटना : चार जनाको घटनास्थलमै ज्यान गयो

सुनाखरी न्युज/ काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

 

बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पद्मराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी वालिङ पठाइएको छ । जीपमा कति जना थिए भन्ने खुलेको छैन ।

 

जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।