२०८१ माघ २ , बुधवार

नेप्सेमा २९.६० अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २९.६० अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा रोकिएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।