२०८१ आश्विन १५ , मंगलबार

वृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं। पोखरा । बृहत फेदीखोला पोखरा सम्पर्क समाजको आयोजनामा शनिबार एक कार्यक्रम गरी नयाँ वर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै सम्पर्क समाज र गाउँपालिका मिलेर फेदीखोलावासी नागरिकको सेवा गर्नु पर्ने वताउँदै समाजलाई फेदीखोलाबाट पोखरा आई स्थायी वा अस्थायी रुपमा पोखरामा वसोबास गर्नेहरुको तथ्याङ संकलन गर्न सफ्टवेयर खरिदको लागि ५० हजार आर्थिक सहयोग गाउँपालिकाले उपलब्ध गराउँने वचन दिनु भएको थियो ।

 

सोही अवसरमा समाजसेवामा अन्तराष्ट्रिय सम्मान प्राप्त गर्ने फेदीखोला निवासी मेजर डिलबहादुर गुरुङलाई सम्मान पत्र, दोसल्ला र अविर लगाएर सम्मान गरिएको थियो । उहाँले समाजले स्थापना गरेको अक्षयकोषको लागि ५० हजार प्रदान गर्ने वताउनु भएको सचिव लाल कार्की अन्जालने वताउनु भयो । समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले सम्पर्क समाजले सामाजिक कार्य गर्दै आइरहेको वताउँदै आगामि दिनमा फेदीखोलाबाट उपचारको लागि तथा अन्य कामको लागि पोखरा आउने सर्वसाधारणको लागि निशुल्क आवासको व्यवस्थापन गर्न पहल गर्ने वताएका थिए ।

 

सो अवसरमा फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापा, वडा नं. १ का अध्यक्ष खिमबहादुर क्षत्री, समाजसेवी मेजर डिलबहादुर गुरुङ, नेपाली काङ्ग्रेस फेदिखोलाका सभापति महेन्द्र थापा, नेकपा माओवादी केन्द्र फेदिखोलाका अध्यक्ष बलबहादुर गोदार, फेदिखोला गाविस पुर्व सचिव दयाराम लामिछाने, संस्थापक अध्यक्ष अभिलाश गुरूङ, सचिव लाल कार्की अन्जान, मिडिया संयोजक पत्रकार कृष्ण रानाभाट, पुष्पराज बराल, निरमाया कार्की, जीतजंग कार्की, टंकप्रसाद गौतमलगाएत उपस्थित सबैले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

समाजका अध्यक्ष कृष्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष जगदीश लामिछानेले स्वागत र कार्यक्रम संचालन सहसचिव मिन प्रसाद सुवेदीले गर्नुभएको थियो ।