२०८१ आश्विन १५ , मंगलबार

नेपाली कांग्रेसको चुनावी तयारीमा चुस्तता र तीव्रता, प्रत्येक पालिकामा केन्द्रीय प्रतिनिधि

किरण गिरी ।
स्थानीय निर्बाचन मतदान गर्न अब -२५ दिन बाकी ।
उम्मेदवारी दर्ता अब -६ दिन मात्र बाकी ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पार्टी उपसभापति एवं समितिका संयोजक श्री पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, वी. पी. नगर, ललितपुरमा वस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ :-
निर्णय :-
१. स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश २०७८ लाई अनुमोदन गर्ने ।
२. स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत काम, कर्तव्य र अधिकार समेत तोकी देहाय बमोजिमका उपसमितिहरु गठन गर्ने ।
१. भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति
२. शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति
३. जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
४. विदेश स्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति
५. अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमिति
६. निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति
७. आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकले उपसमितिका संयोजक मनोनयन गर्ने र उपसमितिका संयोजकको परामर्शमा परिचालन समितका संयोजकले उपसमिति गठन गर्ने ।
३. स्थानीय तह निर्वाचनका लागि ७ वटा प्रदेश र ७७ वटै जिल्लामा काम, कर्तव्य र अधिकार समेत तोकी केन्द्रीय प्रतिनिधि खटाउने ।
४. प्रदेश कार्यसमितिलाई मातहतका जिल्ला अन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्ने ।
५. स्थानीय तह निर्वाचनको चुनावी सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन “चुनावी सभा व्यवस्थापन मापदण्ड” लाई अनुमोदन गर्ने ।
६. पार्टी आवद्ध भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका उम्मेदवार तथा गठवन्धनमा रहेका अन्य दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देश गर्ने ।
स्थानीय निर्बाचन -२०७९ सन्दर्भमा :
मुलुक भर ७५३ पालिका र ६७४३ वडा मा हुनगैरहेको स्थानीय निर्बाचन पालिका चुनावको मतदान केन्द्र र मतदाता संख्या :-
२१ हजार ९५५ मतदान केन्द्र
१ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता
पुरूष ८९ लाख ९२ हजार १० जना ।
महिला ८७ लाख ४१ हजार ५३० जना ।
लैंगिक अल्पसंख्यक १८३ जना मतदाता रहेका छन ।
प्रदेश १ मा
३३ लाख ४७ हजार ३८४ जना मतदाता छन ।
पुरुष १६ लाख ९९ हजार जना ८०० जना
महिला १६ लाख ४७ हजार ५६१ जना
लैंगिक अल्पसंख्यक २३ जना मतदाता रहेका छन ।
मधेश प्रदेशमा
३३ लाख ३१ हजार १७० जना मतदाता छन्।
पुरुष १७ लाख ९७ हजार ९४५ जना
महिला १५ लाख ३३ हजार १५८ जना
लैंगिक अल्पसंख्यक ६७ जना मतदाता रहेका छन ।
वाग्मती प्रदेशमा
३४ लाख १२ हजार ८६९ जना मतदाता छन ।
पुरुष १७ लाख ४ हजार ८९८ जना
महिला १७ लाख ७ हजार ९४२ जना
लैंगिक अल्पसंख्यक २९ जना मतदाता रहेका छन ।
गण्डकी प्रदेशमा
१७ लाख ८९ हजार ४११ जना मतदाता छन ।
पुरूष ८ लाख ६४ हजार ४५२ जना
महिला ९ लाख २४ हजार ९४८ जना
लैंगिक अल्पसंख्यक ११ जना मतदाता छन ।
लुम्बिनी प्रदेशमा
३२ लाख १९ हजार ४५७ जना मतदाता छन ।
पुरूष १६ लाख १८ हजार ७३ जना
महिला १६ लाख १ हजार ३५३ जना
लैंगिक अल्पसंख्यक ३२ जना मतदाता छन ।
कर्णाली प्रदेशमा
१० लाख १ हजार २८२ जना मतदाता छन ।
पुरूष ५ लाख ६ हजार १८० जना
महिला ४ लाख ९५ हजार ९९ जना
लैंगिक अल्पसंख्यक ३ जना मतदाता रहेका छन ।
सुदूर पश्चिम प्रदेशमा
१६ लाख ३२ हजार १५० जना मतदाता छन ।
पुरूष ८ लाख ६६२ जना
महिला ८ लाख ३१ हजार ४७० जना
लैंगिक अल्पसंख्यक १८ जना मतदाता छन ।

लेखक तथा संयोजक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य हुन ।