सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडर ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखाकार्यालयपुतलीसडक, काठमाण्डौमा भएको हो ।
यो सम्झौता पछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TVअन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्मवा १२.५ प्रतिशत सम्म छुट पाउनेछन । उक्त सुविधाः Mobile Banking, Debit Card, ConnectIPS, Nepalpay QR Code प्रयोग गरि उक्त छुट प्रदानगरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक१२.२५%, र बचत निक्षेपमा अधित्तम१०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवाप्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालनहुने जनाएको छ ।