२०८१ आश्विन १५ , मंगलबार

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

सुनाखरी न्युज/ दाङ –

माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना आइतबार बेलुकी घाइते भएका छन् ।

 

लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछामार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।