२०८१ आश्विन १५ , मंगलबार

मुलुक स्थानिय निर्वाचनको संघारमा

तारा वस्नेत – मुलुक स्थानिय निर्वाचनको संघारमा छ।सरकारले वैशाख ३० गते निर्वाचन घोषणा गरे संगै निर्वाचन आयोगले सोही अनुरुपको तयारी गरिरहेको छ।राजनीतिक दलहरु पानी आफ्नो कार्यसुचि अनुरुप भ्याइ,नभ्याइ छन।

 

दलहरु यतिवेला आफ्नो घोषणापत्र,उमेदवार को चयन,जनताको घरदैलो,सानो तथा ठुला सभाहरु मार्फत आफ्नो सन्देश पुराउन व्यस्त छन।आफ्नो प्रभाव देखाउन सदरमुकाम वा मुख्यसहरमा दलका प्रमुख वा मुख्यनेताहरु व्यस्त छन। हरेक प्रजातान्त्रिक मुलुकहरुमा निर्वाचन हुने गर्छ।सवै तहाका निर्वाचनमा जनताहरुले दलका प्रतिवद्दता,उसको उपस्थिति,उसको इमानदारीता,उसले गरेका विगतका कार्यहरु समेतलाई अध्ययन गरि मतदान गर्ने गर्छन।सोहि अनुरुप दलहरुले आ-आफ्नो विषयहरु लाई वढोत्तरी गर्दै जानू स्वभाविक पनि हो।

दलिय व्यवस्था भनेको एकभन्दा वढि दलहरुले प्रतिश्पर्धा गरि विजय हुने र निकटतम प्रतिद्वन्दी प्रतिपक्षी मा रहने पनि हो।प्रजातन्त्रको सुन्दरता दलिय व्यवस्था हो भने दलिय व्यवस्थाको सुन्दरता आफ्नो नीति,सिद्धान्त सहित एक्ला,एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नु पनि हो।यो सिद्धान्तको विपरीत हाल हुन लागेको स्थानिय निर्वाचनमा प्रजातन्त्र र प्रतिस्पर्धाको विरुद्धमा अप्राकृतिक ढंगको जुन गठवन्धन देखियको छ त्यो केवल जसरि पनि स्थानीय सरकार कव्जा गर्ने र लुटने चिन्तनमा मात्र आधारित छ। पाच राजनीतिक दल एक भयर निर्वाचनमा जानू भन्दा पाच दलनै एकीकरण हुनु सर्वश्रेष्ठ हुन्छ।नीति,विचार,सिद्धान्त र चिन्तनमा एकरुपता नभइ अवसर प्राप्तिको लागि मात्र एकभयका पाच दलिय गठवन्धन अप्राकृतिक मात्र हैन यो निर्दलिय सोच र प्रजातान्त्रिक प्रद्दति विरुद पनि छ। मुलुकमा राजनीतिक धुर्विकरणको आवस्यकता छ तर त्यो धुर्विकरण विचार,नीति,सिद्धान्तमा एकरुपता भयका विच जरुरि छ। यसरी हेर्दा अब पाचदल एकातिर,एमाले र राप्रपा विच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने छ।

 

राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रको पक्षमा इमानदारी पुर्वक उभियर नया नेतृत्व र अगिल्लो पुस्ताको संरक्षणमा रहेको राष्ट्रवादी चिन्तनले भरियका हरुको दल राप्रपा एतिवेला देशव्यापी रुपमा आफ्नो खुल्ला सभा मार्फत आफ्नो पक्षमा मतदान गर्न जनता लाई जागृत गराउदै छ। भ्रष्टाचार मुक्त समाज,नेपाली लाई नेपालमै रोजगार,यसका कडि हुन। पंचायत व्यवस्था लाई सफल नेतृत्व दियका वहुदलिय व्यवस्थामा समेत देश चलायका इमानदार,निष्कलंक नेताहरुले नेतृत्व गर्दा गर्दै जनचाहान अनुरुप युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेर राप्रपाले उदाहरणीय कार्य गरेको छ।करनि र कथनिमा एकरुप भयको राप्रपाको पक्षामा यतिवेला जुनलहर र उभार देखियको छ त्यसले अब राप्रपा स्थापित हुने र मुलुकको नेतृत्व गर्ने प्रष्ट देखिन्छ।

राष्ट्रियता,प्रजातन्त्र र उदारवाद को जगमा संवर्धनवादी चिन्तन वोकेर हिडेको राप्रपा वाहेक अन्य कुनै दलहरुले अब मुुलुक लाई निकास दिन नसक्ने प्रष्ट छ।जर्जर आर्थिक अवस्थामा रहेको देस,५० डिग्रीको तापक्रममा ज्यान पाल्न युवाहरु पलायन हुनु पर्ने बाध्यकारि अवस्था,एकातिर छ भने अर्को तिर ठुलादलहरुले भ्रष्टाचार लाई संस्थागत ढंगले अगाडि वढायका छन।भ्रष्टाचार ठुला दलहरुको मार्गचित्र वनेको छ यो परिवेश मा देशलाई निकास दिने दलको रुपमा उदायको राप्रपाको उपस्थिति अनिवार्य भयको छ। सुसासन,विकासनिर्माण,र भ्रष्टाचार नियन्त्रण अनि आर्थिक क्रान्ति मार्फत दवियका वर्गलाई माथि उठाउन,उध्योगधन्दा र कलकारखाना मार्फत विदेशीयका नेपाली लाई स्वदेश फर्काउन,र मुलुक लाई आर्थिक क्रान्ति मार्फत सव‌ै नेपाली को मुहार हसिलो वनाउनको निमित्त पनि निस्वार्थ भावले राजनैतिक मैदानमा आयको राप्रपाको उपस्थिति अनिवार्य छ। पाचवर्षमा एकपटक आउने माहान अवसरको सदुपयोग गरौ।
जय राष्ट्रवाद
लेखक:राप्रपा महिला संगठन कि केन्द्रीय सदस्य हुन।