सुनाखरी न्युज / काठमाडौँ — म्यान्चेस्टर यूनाइटेडका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्नो नवजात शिशुको मृत्यु भएको बताएका छन ।
कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडाभएको बताएका छन्। जुम्ल्याहा छोरा र छोरीमध्ये सन्तानमध्ये छोराको मृत्यु भएको उनीहरूले बताएका हुन् ।
पोर्चुगलका फुटबल खेलाडी ३७ वर्षे रोनाल्डो र २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको अपेक्षा गरिरहेका थिए। साथै यस घटनाले आफूहरू विक्षिप्त बनाएको र गहिरो दुखमा पुर्याएको उनीहरूको भनाइ छ । साथै यस जटिल समयमा गोपनीयता कायम गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।
यसबारे रोनाल्डो आवद्ध फुटबल क्लब म्यान्चेस्टर युनाइटेडसहित विभिन्न फुटबल क्लबहरूले उनीहरूप्रति समवेदना प्रकट गरेका छन् । रोनाल्डो र रोड्रिगेजसँग यसअघि नै तीन सन्तान छन् । तीमध्ये दुई सन्तान सेरोगेसीबाट प्राप्त गरेका हुन् ।