२०८१ पुष ११ , बिहिवार

मह र कागती तातोपानीमा मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

सुनाखरी न्युज /काठमाण्डौ – बिहान उठ्ने बित्तिकै मानिसको शारिरिक स्फूर्ति आइसकेको हुदैन भने हाम्रो मेटाबोलिज्मले पनि भर्खर मात्रै गति लिन थालेको हुन्छ । यस्तोमा हाम्रो सामान्य खुवाइले पनि यसलाई प्रत्यक्ष फाइदा पुर्याउँछ । यसका लागि मह र कागती मिसाएको तातोपानीको विशेष महत्व हुन्छ ।

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ ।यसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचन प्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवाञ्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रूपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँछ ।

१ कब्जियत हटाउँछ स् तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर      दिसाखलास गर्नमासहयोग गर्छ ।

२ कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुखगन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग ९खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ० पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतोभागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रूपमा हटाउँछ ।

३ लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी स् लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ ।     कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले   लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ,जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौँ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको     मिश्रणले एकउत्कृष्ट मूत्रल ९शरीरबाट पानी बाहिर निकाल्ने तŒव० को रूपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो   तरिका  हो । युटिआई यामूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान सावित हुन्छ ।

५ मह र तातो पानीको मिश्रणले शरीरको इनर्जी बढाउँछ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि    हुन्छ  ।  महलेशरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

६ मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ, जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी
प्रदान गर्छ । यसैले नियमित रूपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ ।

७ तौल घटाउन उपयोगी स् मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाईकम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउनपनि मद्दत मिल्छ ।

८ पोषक तत्व र भिटामिनले भरपूर स् मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ ।यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ स् यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्यपोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।