२०८१ आश्विन ७ , सोमवार

गठबन्धनभित्र अपमानपूर्ण व्यवहार सहिँदैन : माधवकुमार नेपाल

सुनाखरी न्युज / काठमाडौं  –  सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा आफ्नो पार्टीलाई अपमान गरिएको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित नेकपा एकीकृत समाजवादीसँग नेकपा गौरवशाली पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताएका हुन्।

उनले भने, ‘सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्दै, अरुको शक्तिको अवमूल्‍यन गर्दै, अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट पनि आइरहेको छ । हामी अपमान सहनका लागि जन्मेका होइनौं । हामी विद्रोह गरेर जन्मेका छौं ।’

आफूहरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको विषयलार्ई लिएर जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै उनले ती कुराहरु सैह्य नहुने बताएका हुन्।