२०८१ आश्विन ७ , सोमवार

सत्तारुढ गठबन्धनवीच महानगर भागबण्डामा सहमतिः पोखरा एकीकृत समाजवादीलाई

सुनाखरी न्युज/काठमाडौं ।

सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । बालुवाटारमा मंगलबार दिउँसो  भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक-एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।

 

त्यस अनुसार नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ । पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ । त्यस्तै  नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।