२०८१ आश्विन ५ , शनिवार

राष्ट्रिय कृषि गणना शुरु, ४५ दिनसम्म तथ्यांक संकलन गरिने

सुनाखरी न्युज/ काठमाडौं ।

 

राष्ट्रिय कृषि गणना सुरु भएको छ । राष्ट्रिय जनगणना सकिएको ६ महिनापछि मंगलबारबाट ४५ दिनसम्म फिल्डमा खटिएर गणकले तथ्यांक संकलन गर्ने र यसको काम सुरु गरिएको विभागका विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार कृषि गणनाका लागि देशभर गणक र सुपरिवेक्षक गरि ६ हजार ४६३ जना फिल्डमा खटिएका छन् । राष्ट्रिय जनगणना जस्तै कृषि गणना समेत हरेक १०र१० वर्षमा हुने गर्छ । राष्ट्रिय जनगणना पुरा भएकै वर्ष कृषि गणना गरिने प्रचलन रहेको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०-१० वर्षमा यस्तो गणना हुँदै आएको छ । कृषि गणनामा करीव १ अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान छ ।

 

यसमध्ये सबैभन्दा धेरै गणक र सुपरिवेक्षको पारिश्रमिकमा हुन्छ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखि तथ्यांकहरु मात्र सार्वजनिक गर्ने बताएको छ । कृषिगणना १९ जेठसम्म चल्नेछ । कृषि गणनामा कागज र कलमसहितको अन्तरर्वार्ता विधि र ट्यावलेट प्रयोग गरिने छ । यसवर्ष कृषि गणनाको नारा ‘कृषि गणनाको सार–कृषि योजनाको पूर्वाधार’ दिइएको छ ।