२०८१ आश्विन १५ , मंगलबार

नेपाली कांग्रेसको चुनावी तयारी , पाच दलिय गठबन्धन को औचित्य र सभापति देउवाको राजनीतिक दुरदर्शिता र परिपक्वता 

किरण गिरी । नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा को रणकौशलता ,दुरदर्शिता एबं परिपक्वता को कारण आज नेपाली कांग्रेसको नेतृत्वमा संघीय सरकार र प्रदेश सरकार ले काम गरिरहेको छ । सभापति देउवा को दुरदर्शिता कै कारण अहिले हामी स्थानीय निर्बाचनमा पाच दलिय गठबन्धन बिच चुनावी तालमेल गरेर अगाडि बढ्दै छौ । यसले नेपाली कांग्रेस लाई दुरगामी राजनीतिक फाइदा हुने नै छ ।

कांग्रेसको स्थानीय चुनावी तयारी :-
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले उपसभापति श्री पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकको निणर्य अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको विजयी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टी केन्द्रीय कार्यालयमा “प्रदेश डेस्क” स्थापना गर्नु भएको छ ।
सातवटै प्रदेश डेक्ससंग केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले समन्वय गर्ने गरी देहाय बमोजिम सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोक्नु भएको छ ।
१. प्रदेश नं. १ – सहमहामन्त्री जीवन परियार ।
२. मधेश प्रदेश – सहमहामन्त्री भीष्मराज आङ्दम्वे ।
३. वाग्मती प्रदेश – सहमहामन्त्री फरमूल्लाह मंसुर ।
४. गण्डकी प्रदेश – सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” ।
५. लुम्विनी प्रदेश – सहमहामन्त्री महेन्द्र यादव ।
६. कणर्ाली प्रदेश – सहमहामन्त्री बद्री पाण्डे ।
७. सुदुरपश्चिम प्रदेश – सहमहामन्त्री किशोरसिंह राठौर ।
स्थानीय तहको निर्वाचन कार्यतालिका :-
बैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता ।
बैशाख १२ गते : मनोनयन पत्रको सूची प्रकाशन ।
बैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने ।
बैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने ।
बैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशन ।
बैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने ।
बैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान ।
वैशाख ३० गते : मतदान ।

सत्तारुढ पाच दलिय गठबंधन को आबश्यकता र औचित्य :-
अघिल्लो संघीय निर्वाचनमा एमालेले माओवादीलाई ४० र आफुलाइ ६० प्रतिशत पाउने गरी गठबन्धन गर्यो त्यतीले नपूगेर कांग्रेसलाई हराउन राजेन्द्र लिंदेन, राजेन्द्र महतो हृदेश त्रिपाठी लाई जिताऊने अनी नारायणमान बिजुच्छे समेतलाई गठबन्धन गरेर चुनाव लड्यो र ठूलो दल बन्यो अर्थात् गठबन्धनलाई भाग दिएर पनी ठूलो दल बन्यो । अहिले कांग्रेस एक्लै चुनावमा जादा फेरी त्यही बाम गठबन्धन गरेर कांग्रेसलाई त्यही अवस्थामा पूर्याऊने एमालेको दाऊ थियो र अझै पनि छ । हामीले बुझ्नु पर्ने तथ्य कुरा यही हो । माओवादी एमाले संग गठबन्धन गर्दा जून परिस्थिति कांग्रेसले ब्यहोर्यो त्यो बेला एक्ला एक्लै लड़ेको भए कांग्रेस पहिलो एमाले दोश्रो र माओवादी तेश्रो पार्टी बन्ने थियो तर त्यस्तो हुन दिएनन अहिले पनी एक्ला एक्लै लड्न कोही तयार छैनन यस्तो अवस्थामा कांग्रेस एक्लै लड्न नसकेको भनेर बुझ्न गलत हुन्छ।

 

अहिलेको सरकार गठबन्धन भत्कियोस र माओवादी समाजवादीलाई बाम एकता भनेर कांग्रेस बिरुद्ध मोर्चा बनाउने एमालेको रणनीतिलाई चिर्न गठबन्धन गर्न कांग्रेस बाध्य भएको हो । यो आजको राजनीतिक आबध्यकता पनि हो । अघिल्लो स्थानीय चुनावमा कांग्रेस र माओवादीले गठबन्धन गर्दा पनी कम्जोर रहेको तथ्यांकलाई पनी नबिर्सौ यो पटक कांग्रेसले धेरै स्थानीय तह जितेर राम्रो काम गरेर जनताको मन जितौ अर्कों पटक एक्लै संसारकै बामहरु एकातिर भएपनी केही फरक पर्दैन । निशंन्देह लाखौ लाख हामी कांग्रेसी नेता कार्यकर्ता रूलाई रूख बाहेक अन्य चिन्हमा भोट हाल्नु पर्दा पिडा हुन्छ नै तर गम्भीर भएर सोचौ त अहिले स्थानीय प्रदेश र केन्द्रीय सरकारमा कांग्रेस नहूदाको पिडा यो भन्दा भयानक थियो कि थिएन ? यस मानेमा नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री राजनेता शेरबहादुर देउवा लाई हार्दिक बधाई र सम्मान गर्नै पर्दछ ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य हुन ।