सुनाखरी न्युज/ काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे ’ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
पहिलो पटक आइएमई पे एपप्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एपमार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्तरू.३०० छुट प्राप्तगर्ने प्रबन्धमिलाइएको छ।यात्राकोलागिसबैभन्दा सहजमाध्यम हवाइ उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रागर्न प्रोत्साहनदिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुतगर्दै आएको छ । नयाँ योजनाअनुसार हवाईउडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदानगर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको छ ।
योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ ।पहिलो पटक आइएमई पे एपप्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखितक्यासब्याकको साथै रू.३०० अतिरिक्त छुट पाउनेछन्। अरु प्रयोगकर्ताहरुले नियमितसर्वाधिकक्यासब्याकमा आइएमई पे एपमार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वाराप्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवा प्रदायकहो। “आइएमई पे” आइएमईग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादनहो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यम बाट मोबाईल वालेट सेवा प्रदानगर्ने पहिलो कम्पनी हो।
आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्नकिसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीच माहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तानगर्न मिल्ने सेवा प्रदानगर्दै आइरहेको छ।
यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदानपुर्याउने लक्ष्यलिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीयभुक्तानी सेवा प्रदानगर्न सफल छ।