२०८१ कार्तिक १७ , शनिवार

नबिलबैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपाल बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा चैत्र ..२५…. र .२६…..गते काठमाडौंमा सम्पन्न“युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने”विषयमा संचालित दुई दिने कार्यशालाको प्रायोजन गरेको छ ।

 

नबिल बैंकको तर्फ बाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का कार्यकारी निर्देशक प्रवीण खनालले युवाउद्यमशीलतालाई मद्दत र प्रवर्द्धनगर्ने उक्तप्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्तगर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमील गायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए। उत्कृष्ट अवधारणा पिआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ। उक्त कार्यशाला बाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्नेछ।

 

उक्तकार्यशालामाबोल्दै नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवाउद्यमशीलता मार्फत आर्थिक बृद्धि तथादिगो विकाशका लक्ष्यहरु हसिल गर्नु पर्ने बताउनुका साथै बैंकमा दिगो बैंकिङ्ग सम्बन्धी छुट्टै विभागले यस सम्बन्धमाकामगर्दै आइरहेको जानकारी गराउनुभयो । नबिल दिगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरतासम्बन्धीकामगर्दै आउनुका साथैमहिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ ।

 

साथै, युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउदाखुसि लागेको समेत नायव महाप्रबन्धक बजगाईले बताउनुभयो । कार्यक्रममा बोल्दै आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले “बजार कहिल्यै मर्दैन – उद्यमशीलता कहिल्यै मर्दैन“भन्दै राष्ट्र निर्माणका लागि युवाउद्यमशीलता महत्वपूर्ण रहेकोमाजोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघ की अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्धारा संचालित व्यवसाय÷उद्यमलाई प्रवद्र्धन गुनपर्ने वताउनुभयो ।