२०८१ मंसिर ८ , शनिवार

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने

सुनाखरी न्युज/ काठमाडौं । उपकार लघुवित्तको आइपीओ शुक्रबार (वैशाख ९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा शुक्रबार (वैशाख ९ गते) बिहान ८ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

 

यता, उपकार लघुत्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ । यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

 

यो मध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।