२०८१ मंसिर ११ , मंगलबार

नेप्सेमा आज बुधबार पनि ३६.७३ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३६.७३ अंकले घटेर दुई हजार ३ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६४५.२० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज १४ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।