२०८१ आश्विन १५ , मंगलबार

नेपाली काँग्रेसको हेमजामा सम्पर्क कार्यालयको उद्घाटन

गोबिन्द तिमिल्सिना/ हेमजा । आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरि नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न २५ वडा कार्यसमिति हेमजाले तिन ठाउँमा आफनो सम्पर्क कार्यालयको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरेको छ ।

 

पाटिको सम्पर्क कार्यालय हेमजाको लामाचौतारा, मिलनचोक र सुइखेतमा स्थापना गरिएको हो ।महासमिति सदस्य रामचन्द्र त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्र न. ३ का सभापति मनोज गुरुङ, क्षेत्र न. ३ प्रदेश क का सभापति पुष्पेन्द्र पाण्डे, महाधिबेशन प्रतिनिधि बिष्णु ब. क्षेत्री, वडा अध्यक्ष पदका प्रत्यसि उमेद्वार मोतिराज तिमिल्सिना, ने.क.पा. माओवादी केन्द्रका प्रदेश सदस्य भोजराज पौडेल, एकिकृत समाजवादीका वडा कमिटि हेमजाका अध्यक्ष हिमलाल तिमिल्सिना, राष्ट्रिय जनमोर्चा कास्की जिल्लाका उपाध्यक्ष टमबहादुर रोका मगर लगाएतले आफनो भनाइ राखेका थिए । प्रदेश प्रतिनिधि भरतचन्द्र गौतममले सास्कृतिक प्रस्तुती राखेका थिए ।

 

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न २५ कार्यसमितिका सभापति मधुसुधन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति दानबहादुर भुजेल र सृजना सापकोटाले र सञ्चालन सचिब झङ्कनाथ तिमिल्सिनाले गरेका थिए ।