२०८१ आश्विन १५ , मंगलबार

डब्लुएचओका महानिर्देशक नेपाल आइपुगे

सुनाखरी न्युज/ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक नेपाल आइपुगेका छन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाको निमन्त्रणामा डब्लुएचओका महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी आज नेपाल आएको हो ।

उनलाई स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल लगायतका अधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

नेपाल भ्रमणको क्रममा गेब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।