२०८१ आश्विन १५ , मंगलबार

नेपाली कांग्रेसका केन्द्रीय नेता एबं केन्द्रीय प्रतिनिधि किरण गिरी आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय केन्द्रीय उपसमिति सदस्यमा मनोनयन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय नेता , केन्द्रीय प्रतिनिधि एबं पार्टीका प्रखर बक्ता किरण गिरी नेपाली कांग्रेस ” आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय केन्द्रीय उपसमिति ” को वरिष्ठ सदस्य पदमा मनोनयन हुनुभएको छ ।

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख ०२, २०७९ को बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत ” आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय केन्द्रीय उपसमिति ” मा देहाय बमोजिम संयोजक एबं सदस्य हरु मनोनयन गर्नु भएको छ :-
१ .केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा – संयोजक ।
२ निबर्तमान केन्द्रीय सदस्य श्री किरण गिरी – सदस्य , काठमाडौं ।
३ श्री आनन्द संतोषी राई -सदस्य ,धनकुटा ।
४. श्री डि पी अर्याल – सदस्य ,धादिङ ।
५. श्री डि पी उपाध्याय – सदस्य ,कैलाली ।
६.श्री गणेश के सि – सदस्य ,काठमाडौं ।
७. श्री श्याम बिश्वकर्मा – सदस्य , संखुवासभा ।
८.श्री दिलिपाश्री अधिकारी – सदस्य , स्याङ्जा ।
९.श्री मनोज चौधरी – सदस्य , सुनसरी ।
उपसमिति संयोजक मीन बहादुर बिश्वकर्माको संयोजकत्वमा मा हिजो बिहीवार नै पार्टी केन्द्रीय कार्यालय सानेपा ,ललितपुरमा उपसमितिको बैठक बसि आफ्नो काम थालनी गरेकेा छ ।
यस उपसमितिमा बिषय बिज्ञता र क्षमता को आधारमा अन्य सदस्यहरु थप गरिने कुरा सदस्य किरण गिरीले जानकारी दिनुभएको छ ।
हिजै नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक श्री पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको वैशाख ०२, २०७९ को बैठकको निर्णय अनुसार केन्द्रीय परिचालन समिति अन्तर्गत गठित उपसमितिहरुमा देहाय बमोजिम संयोजक मनोनयन गर्नु भएको थियोे :-
१. केन्द्रीय सदस्य श्री सुरेन्द्रराज पाण्डे – संयोजक – भ्रातृ संघ समन्वय एवं परिचालन उपसमिति ।
२.केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा – संयोजक – आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति ।
३. केन्द्रीय सदस्य श्री प्रदिप पौडेल – संयोजक – अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमिति ।
४. केन्द्रीय सदस्य श्री मदनबहादुर अमात्य – संयोजक – शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति ।
५. केन्द्रीय सदस्य श्री उदय शम्शेर राणा – संयोजक – विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति ।
६.केन्द्रीय सदस्य श्री जीतजंग वस्नेत – संयोजक – जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति ।
७.केन्द्रीय सदस्य श्री रामहरी खतिवडा – संयोजक – निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति गठन गरिएको कुरा मुख्य सचिब कृष्णप्रसाद पौडेल जानकारी दिनुभएको छ ।
आज शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ वैशाख ९ गते शुक्रबारका दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ
बैठकमा प्रस्तुत हुने प्रस्ताव
१. स्थानीय तह निर्वाचन — उम्मेदवारी सम्बन्धी प्रस्ताव मा छलफल हुने जानकारी समेत मुख्य सचिब कृष्णप्रसाद पौडेल ले जानकारी दिनुभएको छ ।