२०८१ चैत्र ३० , आइतवार

बरुथिनी एकादशी र यसको पौराणिक महिमा

चक्रपाणि शर्मा गौतम – हिन्दु पञ्चाङ्ग अनुसार बैशाखमास क्रिष्णपक्षको एघारौं तीथिको दिनलाई बरुथिनी एकादशी भनिन्छ।यस एकादशीका दिन बिष्णु भगवानको बराह अवतारको पूजा गरिन्छ।महाभयङ्कर बलवान दैत्य हिरण्याक्षले प्रिथ्वीलाई समुन्द्रमा लिएर गएको समयमा बराहरुपी बिष्णु भगवानले त्यस दुष्ट हिरण्याक्षको बधगरी प्रिथ्वीलाई उसबाट खोसेर ल्याएको प्रसङ्ग बराहपुराणबाट अवगत हुन्छ।

यस एकादशीलाई बराह एकादशी पनि भनिन्छ।ग्रहण लाग्दा कुरुक्षेत्रमा स्नान गर्नाले जुन पूण्य प्राप्तहुन्छ त्यो भन्दा कैयौं गुणा बढी पूण्य यस एकादशीको ब्रतबाट प्राप्तहुन्छ भनेर पुराणहरुमा बतायिएको छ। १ हजार बर्षसम्म तपस्या गर्दा पाउन नसकिने पूण्य यस एकादशीको ब्रतबाट पायिने कुरा पुराणहरुमा बर्णित छ।दानहरुमा तिलदान देखि लिएर घोडादान, हात्तीदान, भूमिदान, सूनदान, गाईदान, कन्यादान,बिद्यादान,अन्नदान,आदिलाई प्रमुख स्थान दियिएको छ।

 

अन्नलाई मानव,देवता,दानव,तथा प्राणीहरुको प्राणदाता मानिन्छ। यस एकादशीका दिन ब्रतगरी अन्नदान गर्नाले सुमेरुपर्वत र हिमालयपर्वत समानका जन्म-जन्मान्तर देखि गरिंदै आएका सबै पापहरु नष्ट भएर जीवन सुखमय ढंगले ब्यतित भएर म्रित्युपश्चात स्वर्गको द्वार खुल्न गै स्वर्गलोकको बास हुन्छ भनेर बिभिन्न पुराणहरुमा बर्णन गरिएको छ।यस दिन गरेको बस्त्रादि,द्रब्य,अन्नादि दानबाट ७ द्वीप सहितको प्रिथ्वी दानगरे बरावरको पूण्य् प्राप्तहुन्छ।यस एकादशीको महात्म्य(ब्रत कथा)सुन्दा-सुनाऊंदा मात्र १०० गाईदान,१ बाजपेय यज्ञ,१ राजसूय यज्ञ गरे बराबरको पूण्य प्राप्तहुने कुरा पुराणहरुमा पाईन्छ।

 

 

पद्मपुराणमा उल्लेख भए अनुसार द्वापरयुगमा धर्मराज युधिष्ठिरले श्रीक्रिष्णसंग परम्पूण्यदायिनी बरुथिनी एकादशीका बारेमा केही कुरा जान्ने जिज्ञासा राखी प्रश्न गर्दा श्रीक्रिष्णले युधिष्ठिरलाई एक पौराणिक कथा सुनाएर उनको प्रश्नको उत्तर दिएका थिए,जो यस प्रकारको छ। प्राचीन समयमा नर्मदा नदीको किनारमा एक राज्य थियो,जहां मानधाता नाम गरेका राजाले राज्य गर्दथे। उनी अत्यन्तै पूण्यात्मा,दानशील तथा तपस्वी राजा थिए। उनी आफ्नो दानशीलताका लागि टाढा-टाढासम्म अति प्रसिद्ध भएका थिए। उनले सदा आफ्ना प्रजाप्रति दयाभाव राख्दथे।ती राजा भगवान बिष्णुका अनन्य भक्त,उपासक थिए।

 

एक पटकको कुरा हो राजा मान्धाता तपस्या गर्नका लागि भनेर जङ्गल तर्फ लागे।जङ्गलमा पुगेपछि त्यहां एक ठूलो बोटमुनी उनले अफ्नो आसन लगाएर् तपस्या गर्न लागे। उनी एक चित्त,एक भक्त भै तपस्या गरिरहेका थिए। ऊनी तपस्यामा लीन थिए।त्यसै समयमा एक भालु जङ्गलबाट त्यहां आएर तपस्यारत राजामाथि हमला गर्न लाग्यो।त्यस भालुले राजाको यौटा खुट्टा चपाएर खान शुरु गर्यो।यति हुंदापनि राजा मान्धाता अत्तो-पत्तो नभएझैं गरी आफ्ना तपस्यामा लीन भैरहेका थिए।त्यस भालुले राजालाई घिसारेर जङ्गल तिर लैजान लाग्यो।यस्तो भएपछि राजा बल्ल हडबडाऊन लागे,तर ऊनले आफ्नो तपस्या धर्मको परिपालना गर्दै त्यस भालुप्रति कुनै रिस,बैरभाव गरेनन।यस्तो सङ्कट पार लगाऊन ऊनै भगवान बिष्णुले मात्र सक्छन भन्ने ठानेर ऊनले बिष्णु भगवानको प्रार्थना गरे।

आफ्ना भक्तमाथि भगवान सङ्कट मोचन गर्न सधैं तयार रही रहन्छन् भन्ने लोकोक्ति अनुसार भगवानले आफ्ना भक्तको यस्तो सङ्कट देखेर कसरी चुपलागी बस्थे र?बिष्णु भगवान तत्कालै त्यहां प्रकट भएर त्यस भालुलाई आफ्नो सुदर्शन चक्रले मारेर मान्धाताको रक्षा गरे।त्यस समयसम्म भालुले राजाको यौटा खुट्टा सबै खाईसकेको थियो।त्यस समयमा राजा अत्यन्त दु:खी थिए,ऊनमा भयानक दर्द(दु:खायी)पनि थियो। आफ्नो एक सिङ्गो खुट्टाको पींडा खट्न ऊनलाई अति गाह्रो परिरहेको थियो। बिष्णुले भन्न लागेछन्–हे बत्स!तिमी कत्तिपनि बिचलित हुन पर्दैन।त्यस भालुले जुन किसिमले तिम्रो खुट्टा चपाएर खाई तिमीलाई अपाङ्ग बनायो,त्यो तिमीले पूर्ब जन्ममा गरेको अपराधको फल थियो,जसको सजाय यस जन्ममा तिमीले भोग्नै पर्थ्यो,भोग्यौ।

 

भगवान बिष्णुको यस्तो कुरा सुनेपछि राजाले यस पींडाबाट पार पाऊने ऊपाय केही भए जानकारी पाऊं भनी सोद्धा भगवान बिष्णुले भनेछन्–हे राजन!बैशाखमास क्रिष्णपक्षको जुन एकादशी हो,त्यो बरुथिनी एकादशीका नामले प्रसिद्ध छ।त्यस एकादशीको ब्रत गरेर त्यस दिन तिमीले मेरो बराह अवतारको पूजा गर्नु।त्यस ब्रतका प्रभावले तिमीले आफ्नो गुमेको खुट्टा पुन: प्राप्तगर्न सक्नेछौ साथै तिम्रो सम्पूर्ण अङ्ग पुन: रिष्ट-पुष्ट भएर जानेछ।यस एकादशीका ब्रतको प्रभावबाट तिमी आफुले जन्म-जन्मान्तर देखि गर्दै आएका सबै पापहरुबाट पनि मुक्त भएर जानेछौ।