२०८१ आश्विन १५ , मंगलबार

कुटपिटबाट १ महिलाको मृत्यु

सुनाखरी न्युज/ ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा कुटपिटबाट १ महिलाको मृत्यु भएको छ ।

 

बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ बर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाईते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो । यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।

हत्या अभियोगमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।