२०८१ आश्विन १५ , मंगलबार

नेपाल डार्टस संघको आयोजनामा दसौं राष्टिय डार्टस प्रतियोगिता २०७९काे दसौं संस्करण सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल डार्टस संघ को आयोजनामा दसौं राष्टिय डार्टस प्रतियोगिता २०७९काे दसौं संस्करण काठमाडौं मा सम्पन्न भएकाे छ।

 

देशै भरि बाट छनौट भएका उत्कृष्ट ३२ खेलाडी हरू बीच तिब्र प्रतिस्प्रधा भएको उक्त प्रतियोगिता COVID 19 को महामारी पछी काे सर्वोत्कृष्ट प्रतियोगिता भएको संघ का महासचिव सुदर्शन जमकटेल ले जानकारी गराउनु भयो। आगामी दिनमा विद्यालय,कलेज, कर्पोरेट हाउस, लगायत सम्पूर्ण क्षेत्र मा व्यापक रूपमा यस खेल लाई विस्तार गरी नयाँ ढंगबाट प्रस्तुत हुने जानकारी कार्यक्रम संयोजक प्रधुम्न न्यौपानेले बताउनु भयो।

 

करिब २लाख लागत मा सम्पन्न भएकाे उक्त प्रतियोगितामा प्रथम,दोस्रो, तेस्रो स्थान प्राप्त खेलाडी हरू लाई नगद पुरस्कार सहित सम्मान कार्यक्रम पनि गरिएको संघ का केन्द्रीय सदस्य एवम् प्राविधिक संयोजक वीनुप राज खनाल ले जानकारी गराउनु भयो। प्रजित बस्नेत प्रथम, तथा आभास पौडेल ले दोस्रो स्थान प्राप्त गर्नु भयो।साथै आगामी साउन महिनामा काे दोस्रो हप्ता कर्पोरेट हाउस डार्टस हुने जानकारी संघ का महासचिव सुदर्शन जमकटेल ले जानकारी दिनु भयो।