२०८१ पुष १० , बुधवार

सुरक्षित हेल्मेट तथा मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । नेपालमापहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल अटोमो बाइल्स एसोसिएसन (नासा), एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल तथा नासा फाउन्डेसन र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

 

नेपालमा बढ्दो सवारी दुर्घटना र त्यसमामोटरसाइकल दुर्घटना तथात्यसको असर, सुरक्षित हेल्मेटको आवश्यकता र प्रविधि, हेल्मेट सम्बन्धी ऐन कानुनतथा दुर्घटना पछिको उद्दार, उपचार र पुनस्र्थापनाका साथै नेपालमा क्रियाशील निकायहरुको भुमिकाको वारेमा प्रस्तुतिकरण र छलफल भएको थियो । फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) द्वारा प्रदानगरिएको हेल्मेट समेत सो अवसरमाप्रदर्शन र वितरण गरिएको थियो । राष्ट्रिय सभाकाअध्यक्ष गणेश तिमिल्सिनाद्वारा शुभारम्भ गरिएको उक्त कार्यक्रममाउहाँले आगामीदिनमा सडक सुरक्षा सम्बन्धी कानुन निर्माणमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

कार्यक्रममा स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका सहायकप्रवक्ता डा. समिरकुमार अधिकारी, भौतिकपूर्वाधार तथायातायातमन्त्रालयका सहसचिवअर्जुन अर्याल, राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा. प्रमोद जोशी, विश्व स्वास्थ्य संगठन नेपालका टिम लिडर डा. गम्पो दोर्जी, विश्व बैंक नेपालका बरिष्ठ यातायात विज्ञ दीपकमान सिंह श्रेष्ठ, नेपालप्रहरीको राजमार्ग सुरक्षातथा ट्राफिक निर्देशनालयका प्र.ना.उ. गणशेखर श्रेष्ठ, त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, नासा फाउन्डेसनकी अध्यक्ष भगवती सेढाई र नेपाल इन्टरमोडल यातायातविकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले सुरक्षित हेल्मेट, मोटरसाइक्लिङ सेफ्टी र विभिन्नविषय प्रस्तुतिकरण गर्नुभयो ।

 

भौतिकपूर्वाधार तथायातायातमन्त्रालयकायातायात विज्ञ सरोज प्रधान र नेपालअर्थोपेडिक एसोसिएसनकापूर्व अध्यक्ष डा. बुलन्दथापाले समेत आफ्नो धारणा प्रस्तुतगर्नुभएको थियो । नासा नेपालकाअध्यक्षदशरथ रिसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपालकाअध्यक्ष ध्रुवबहादुर थापा, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र नासा नेपालका सचिव सन्तोष न्यौपाने, कोषाध्यक्ष धान्यमणि नेपालतथा सहकोषाध्यक्षप्रकाशकपुरी, विश्व साइकलयात्रीपुष्कर शाहको समेत सहभागिताथियो । सो अवसरमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र विभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सुरक्षित हेल्मेट वितरण गरिएको थियो ।

 

कार्यक्रमको समापन गैरसरकारी संस्थामहासंघका महासचिवअर्जुन भट्टराई र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका महासचिव डा. सन्तोष पौडेलले गर्नुभएको थियो । एफआईए वर्लड काउन्सिल सदस्य (FIA World Council Member) गोविन्द भट्टराईले संयोजन गर्नुभएको सो कार्यक्रममाचिकित्सा, इन्जिनियरिङ, अटोमोबाइल, यातायातपूर्वाधार, विश्वविद्यालयतथाकलेजकाप्रतिनिधि, मेडिकल र ट्रान्सपोर्ट विषयमाशोधार्थी, अटोमोबाइल सम्बद्ध व्यावसायिक संघ संस्थाका पदाधिकारीहरुका साथै राइडर र उपभोक्ताअधिकारकर्मीहरु समेत गरी करिव एक सय जनाको सहभागिता रहेको थियो ।

 

आगामीजुनमहिनाको अन्तिमहप्तामा संयुक्त राष्ट्र संघमा रोड सेफ्टी सम्बन्धीविश्व सम्मेलन हुँदैछ । सो सम्मेलनमा एसियाप्यासिफिक क्षेत्रमा ट्ु ह्विल सेफ्टी मुख्यएजेन्डा बनाइएको सन्दर्भमा सम्मेलनले राष्ट्रिय अवधारणा तयार गर्नको लागी एक समिति समेत गठन गरेको नासा नेपालले बताएको छ ।