२०८१ आश्विन ६ , आइतवार

राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारमा पहिलो पुनर्मिलन समारोह आयोजना

सुनाखरी न्युज/ काठमाडौँ ।  प्राणीशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट सन् १९६५ देखि हालसम्मदीक्षितहरूबीचको पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाई सञ्जालनिर्माण र सहकार्यको वातावरण बनाउने उद्देश्यले प्राणीशास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसन, त्रिभुवन विश्वविद्यालयद्वारा आज राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारमा पहिलो पुनर्मिलन समारोह र आयोजना गरियो ।

 

राष्ट्रिय प्रकृति संरक्षण कोष, खुमलटारतथाजोलोजिकल सोसाइटी अफ लण्डन, नेपालको सहयोगमागरिएको उक्त समारोहमा एल्युम्नाईद्वारा प्राणीशास्त्र अध्यापन र अनुसन्धानमा अतुलनीय योगदान पु¥याउनु हुने प्रा.डा.जीवन श्रेष्ठ र स्वर्गीय डा. प्रह्लाद योञ्जन लाई सम्मानित गरिएको थियो भने प्रा. द्विजराजउप्रेती, प्रा.डा. पूर्णनाथमिश्र, प्रा. तोरणबहादुर कार्की र प्रा.डा. रन्जनागुप्तालाई सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरियो । मन्तव्यका क्रममा प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. कुमार सापकोटाले भन्नु भयो, “नयाँ पुस्ताका निम्ति प्राणीशास्त्र अध्यापन र अनुसन्धानमा यो समारोह प्रेरक र ऊर्जाको स्रोत बन्ने आशा लिएको छु” ।

 

यसैगरी प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. तेजबहादुर थापाले विश्वविद्यालय र केन्द्रीयविभागमाएल्युम्नाईको अस्तित्वले गहन अर्थ राख्ने बताउनु भयो । प्राणीशास्त्र केन्द्रीयविभागएल्युम्नाई एसोसिएसनका अध्यक्षप्रा.डा. आनन्द शोभा ताम्राकारले पुनर्मिलन समारोहले विचार र दृष्टिकोण आदानप्रदानका लागिे आफ्नै किसिमको मौलिकता बोकेको बताउनु भयो ।

 

समारोहमा प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. प्रेमबहादुर बुढाले नेपालमाजीवजन्तुको अन्वेषणको अवस्था र राष्ट्रिय प्रकृति संरक्षण कोषकाडा. चिरञ्जीवि पोखरेलले बाघ संरक्षण सम्बन्धी कार्यपत्र प्रस्तुतगर्नुभएको थियो । उक्त भेलामाप्रा.डा. आनन्दशोभाताम्राकारको अध्यक्षतामा प्राणीशास्त्र केन्द्रीयविभागएल्युम्नाई एसोसिएसनको नयाँकार्य समितिपनि गठन गरियो ।