२०८१ मंसिर ११ , मंगलबार

आइतबार देशभर १० हजारबढीको उम्मेदवारी

सुनाखरी न्युज/ काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आइतबार साँझसम्म देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र प्रमुखमा ९८७, उपाध्यक्ष र उपप्रमुखमा ५०८ जनाको उम्मेदवारी परेको छ ।

 

वडाध्यक्षमा २९२१, वडा सदस्यमा ३३३८, महिला सदस्यमा १५७६, दलित महिला सदस्यमा १२०३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उम्मेदवारी दिनेमध्ये ३५०६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि सोमबार साँझ ५ बजे अन्तिम समय निर्धारण गरेको छ ।

 

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदै छ ।