२०८१ आश्विन १५ , मंगलबार

सुनवल नगरपालिकाकाे नगर-प्रमुखमा २६ बर्षिय रामजी बाबूको उम्मेदवारी दर्ता

सुनाखरी न्युज/ काठमाडौँ । स्थानिय तह निर्वाचनको लागि सुनवल नगरपालिकाका नगर प्रमुखमा विवेकशिल साझा पार्टी बाट २६ बर्षिय युवा नेता रामजी बाबुले उम्मेद्बारी मनोनयन दर्ता गरेका छन ।

 

सुनवल नगरपालिकाका कान्छा नगर प्रमुखमा रुपमा उम्मेद्बारी दिए पछि उनेले भने “हार्नका लागि त म पनि कहाँ उठ्छु र ? जनताले हराए भने चाहिं, अब ५ वर्षसम्म जनता आफ्नै गल्तीले गर्दा पछुताएर बसेको हेर्नलाई चाहिँ उठेको हो ।” विवकेशील साझा पार्टीले सुनवल नगरपालिका भित्र मेयरमा मात्र उम्मेद्बारी दिएको बताउदै आफूलाई युवाहरु र नयाँ पुस्ताको साथ रहेको बताए । नगरमा आमूल परिवर्तनका लागि युवाले पुरानो पुस्तालाई विदाई गरेर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनको लागि उम्मेदवारी दर्ता गराएको विवेकशिल साझा बताउंछ।

 

विज्ञहरुसँग छलफल गरेर, गर्न सक्ने र बजेटले भ्याउने कामहरुकाे मात्र घाेषणापत्र तयार गरिएकाले आफ्नाे घाेषणापत्र आउन केही ढिलाे भएकाे र अब १/२ दिनमा सार्वजनिक गरिने तथा आफुले पार्टीले दिएकाे घाेषणापत्र नभई आफ्नै गाउंठाउंका समस्या पहिचान गरेर, त्यसकाे सामाधान सहितकाे घाेषणापत्र तयार गरेकाले ती कुरा शतप्रतिशत पुरा गर्ने र त्यसका लागि कुनै बाहना नबनाउने उनले बताए। उनका अनुसार, सुनवललाई “कृषीमैत्री” र “युवास्वराेजगार” बनाउनमा मुख्य जाेड दिईएकाे छ।