२०८१ असार १६ , शनिवार

मौसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौँ । आज (साेमबार) बिहान प्रदेश-१ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

 

साेमबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

 

साेमबार राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। साथै बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ।