२०८१ आश्विन ७ , सोमवार

गठबन्धनको निर्णय अनुसार पाँच दलको एकै उम्मेदवार बनाउन निर्देशन

सुनाखरी न्युज/ काठमाडौँ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ।

 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो। बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ-आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

 

उनले देशैभरि पाँच दलको एउटै उम्मेवार हुने बताए। उनले भने,‘‘पाँच दलको जुन निर्णय छ, त्यसअनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ।”मन्त्री कार्कीले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराउनेहरूलाई पनि सहमतिमा ल्याउने बताए।