सुनाखरी न्युज/ काठमाडौं –
संसारभरि उब्जाइने १२ सय भन्दा बढी प्रकारका खरबुजामध्ये, प्रसिद्ध डेन्सुक कालो तरबूज भन्दा महँगो वा बढी खोजिने अरु कुनै खरबुजा छैन ।
होक्काइडोको उत्तरी टापुमा थोरै मात्र फलाइने डेनसुकलाई विश्वको दुर्लभ खरबुजाहरू मध्ये एक मानिन्छ । यो प्रति वर्ष लगभग १०० युनिट मात्रै फल्ने गर्छ । यो त्यो फल होइन जुन तपाईंले बजार वा किराना पसलमा पाउनुहुनेछ । यो त यस्ता सिमित फलफूलमा समावेश छ जुन हरेक वर्ष सयौँ–हज्जरौँ डलरको बोलीमा लिलामी हुन्छ । इतिहासको सबैभन्दा महँगो डेन्सुक खरबुजा सन् २०१९ मा ७५०,००० जापानी येन अर्थात् लगभग ७ लाख ३४ हजार लिलामी भएको थियो ।
कोभिड महामारीका कारण पछिल्ला दुई वर्षमा यसको मूल्य घटेको छ, तर कालो खरबुजा संसारमा अहिलेसम्मकै सबैभन्दा महँगो प्रजाति हो । यो कालो र चम्किलो बाहिरी भागको लागि परिचित छ । डेन्सुक खरबुजाको भित्री भाग क्रिस्पी खालको रहेको र अन्य खरबुजाका प्रजातिहरू भन्दा उच्च स्तरको मिठास र थोरै बीउहरू रहेको मानिन्छ । फल प्रयोग गर्ने भाग्यमानीहरुले यसको स्वाद असाध्यै मिठो भएको भन्ने गर्छन् ।
यद्यपि वार्षिक बालीको पहिलो केही लटका फलफूललाई लिलामीमा उच्च मूल्य दिइन्छ, डेन्सुक खरबुजा प्रायः २५० डलरको बिक्री हुन्छ । यो एउटा फलको लागि तिर्नुपर्ने निकै महँगो मूल्य हो ।अन्य लक्जरी उत्पादनहरू जस्तै, यो खरबुजा असाध्यै सुन्दर ढंगले सजाइएको क्यूबिक कार्डबोर्ड बक्सहरूमा प्याकेज गरिएका हुन्छन् र यसमा उत्पत्तिको प्रमाणपत्रहरू समावेश हुन्छन्न्, किनकि प्रामाणिकताको प्रमाण धेरै महत्त्वपूर्ण छ ।
यो फललाई प्रायः उपहारको रूपमा, सम्मान, कृतज्ञता व्यक्त गर्न पनि दिइने गरिन्छ । डेन्सुक खरबुजा अझै जापान बाहिर व्यापक रूपमा उब्जाएको छ कि छैन भन्ने स्पष्ट जानकारी त उपलब्ध छैन तर गार्डनर पत्रिकाका अनुसार, बीउहरू युरोप र उत्तरी अमेरिकामा व्यावसायिक रूपमा उपलब्ध भइरहेका छन् । एजेन्सी